कलैया । बाराको कलैयामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेसु डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन ।
झाडापखाला लागेर अस्पताल आएका कलैया उपमहानगरपालिका -१८ पतौराका एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यता वीरगञ्ज महानगरमा गत शुक्रबार देखि हैजा संक्रमित देखिएका छन। वीरगञ्जमा हाल सम्म हैजा संक्रमितको संख्या एक सय १५ पुगेको छ ।


