स्रोह श्राद्ध शुरु

राजेश कुशवाहा
162 पाठक संख्या

कलैया : बारामा हिन्दु परम्परा अनुसार सोमबार देखि पितृपक्ष अर्थात स्रोह श्राद्ध शुरु भएको छ ।

जिल्लाको स्रोह पालिकामा पितृपक्ष सुरु भएको हो ।आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा सम्म कायम रहने पितृपक्षमा आफना दिवङ्गत पितृको तिथीमा तर्पण सिदा दान तथा पिण्डदान गरिन्छ । स्रोह वटा तिथीमा पितृप्रति श्रद्धादान तथा पितृकार्य गरिने हुनाले नेपाली समाजमा स्रोहश्राद्धको नामले परिचित रहेको छ ।

चाडपर्व यज्ञयज्ञादी तथा ठुला कार्य गर्नुभन्दा पहिले आफना पितृको श्रद्धाका साथ सम्झना गर्ने बैदिक परम्परा छ । बडादशै र तिहार जस्ता महान चाडका अगाडी पर्ने स्रोहश्राद्धले सन्ततिलाई आफना पितृप्रतिको दायित्वबोद्ध गराउनुका साथै पितृृऋण बाट मुक्त गराएर चितशुद्धि गराउछ भन्ने मान्यता छ ।

शास्त्रीय परम्परा अनुसार आफना पितृका नाममा स्रोहश्राद्ध भर पार्वण श्राद्ध, तिर्थ श्राद्ध, तथा ब्राहकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । स्रोहश्राद्धमै बितेकाको सम्झनामा भने एक पार्वण श्राद्ध गरिन्छ ।

Leave a review

This will close in 0 seconds