दिप प्रज्जवलन तथा श्रद्धाञ्जली कार्यक्रम

साझेदारी दैनिक
173 पाठक संख्या

कलैया : नयाँ पुस्ताका युवा (जेनजी)ले गरेको आन्दोलनमा शहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा ब्रहम कुमारी राजयोग सेवा केन्द्र, कलैयाले बिहीबार साझ दिप प्रज्जवलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

ब्रहम कुमारी राजयोग सेवा केन्द्रले कलैया स्थित मुख्य चोकमा कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा मृतकहरु आत्माको चिरशान्तिको कामना गर्दे पांच मिनेट मौन धारण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा सेवा केन्द्र बाराकी सुष्मा बहन, मीरा बहन , ब्रहमाकुमार भरतलाल अग्रवाल, निरन्जन अग्रवाल ओम प्रकाश ठाकुर, मुकुन्दबाबु चौधरी, शिक्षकहरु रमेश कुशवाहा, रामबहादुर पण्डित, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास, ज्येष्ठ नागरिक भरतबहादुर मल्ल, लक्ष्मी चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Leave a review

This will close in 0 seconds