कलैया : नेपाली कांग्रेसमा केन्द्रदेखि वडा तहसम्म रुपान्तरणको आवश्यकता रहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।
भदौ २३ र २४ भएको भएको जेन जि आन्दोलनमा तोडफोड तथा आगजनीपछि महामन्त्री शर्मा शुक्रबार कलैया आएका हुन्। बाराको कलैया स्थित वि.पि स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालयमा अनुगमन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले परिवर्तनको आवश्यकताबारे प्रष्टाएका हुन्।
एक जनाको कमिकमजोरी नभनेर समगले्र आत्मसात गर्नुपर्ने, आलोचित हुनु पर्ने तथा सबै रुपान्तरण हुनुपर्ने उनले जनाए। यो देशमा जति परिवर्तन भएको छ त्यो सबैको नेतृत्व नेपाली कांग्रेसले गरेको उनले जनाए। मधेस आन्दोलन कांग्रेसले सुरु नगरे पनि भावनाको सम्बोधन गर्दै संघीयताको घोषणा कांग्रेसले गरेको उनले बताए।
आफुलाई पनि परिवर्तन गर्न जरुरी रहेको बताउदै नेपाली कांग्रेसमा भएको कमि कमजोरीलाई समिक्षा गर्नुपर्ने उनले बताए। दसै सकिए लगत्तै केन्द्रिय कार्यालयमा बैठक बस्ने उनले जनाउदै सभापति शेर बहादुर देउवामाथी भएको भौतिक आक्रमण निन्दनीय रहेको बताए।
अहिले जे भएको छ त्यो गम्भीर घटना भएको जनाउदै नियमित अधिवेशनले नयाँ नेतृत्व ल्याउने उनले बताए। कांग्रेसमा सबै भन्दा बढी स्वयं जरुरी रहेको महामन्त्री शर्माले बताए। कांग्रेसले समाज,मधेस,पहाड,पुरानो र नयाँ पुस्तालाई गाँस्ने पार्टी रहेको उनले बताए। घाइते भएको संविधानलाई थप घाइते हुन नदिन,क्षति पुगेको अवस्थालाई थप क्षति पुग्न नदिन निर्वाचनबाट आउने नतिजा उपयुक्त हुने उनले बताए।
प्रतिनिधि सभा मात्र विघटन भएको हो भन्दै बाकी सबै प्रदेश,स्थानीय तह त्यति नै रहेको उनले बताए। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा थप उर्जाका साथ गएर सांसद पूर्ण स्थापित गर्ने र निर्वाचन भयो भने सिस्ट्म रहने उनले बताए।
नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सभापति राजेशराय यादवले पार्टी सभापति शेर बहादुर देउवामाथी भएको संघातिक हमलाको छानबिन गर्न माग गरेका छन् । जेन जि को नाममा गरेको तोडफोड तथा आगजनी गर्नेलाई कारवाही गर्न उनले माग गरे। पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढन उनले आग्रह गरे।
नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सभापति राजेशराय यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा उपसभापति अमिरिलाल पाल,पूर्वमन्त्री कलावती पासवान,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता,जिल्ला समिति सदस्य रविकरण साह, लगायत नेता तथा कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो।
सो कार्यक्रममा स्वागत नेपाली कांग्रेस बाराका उपसभापति मनोज भट्टको थियो। भने कार्यक्रमको संचालन नेपाली कांग्रेस बारा क्षेत्र नं.४ ख का क्षेत्रीय सभापति लोकेश सिंहको थियो।

