कलैया । लोकतान्त्रिक समाजबादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले पुर्व प्रधानन्यायाधिश शुशिला कार्कीको नेतृत्वमा गठन भएको सरकार अबैधानिक रहेको बताएका छन ।
लोकतान्त्रिक समाजवादी पार्टी बाराले शनिबार जिल्ला समन्वय समिति बाराको सभाहलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई प्रमुख आतिथ्यबाट सम्बोधन गर्दे केन्द्रीय अध्यक्ष ठाकुरले यस्तो बताएका हुन ।
उनले अहिलेको सरकार बिदेशीको ईशारामा चलेको समेत अरोप लगाए । संघीयतालाई जोगाउनका लागि प्रतिनिधी सभालाई पुर्नजिवित गर्नुपर्ने उनले बताए। उनले अबैधानिक सरकारले गर्ने काम बैधानिक नहुने उनको भनाई रहेको थियो ।
बर्तमान सरकारले ६ महिना भित्र चुनाव गराउन नस्कने उनले बताए । राजनैतिक दलका नेताहरु घर बाहिर निस्कन नस्केको र जनता समक्ष जान नस्केको अवस्थामा चुनाव अनिश्चित रहेको उनले बताए । चुनावका लागि शान्ति सुरक्षा, भयरहित बाताबरण चाहिन्छ उनले भने ।
चुनावका लागि अर्बौ रुपैया चाहिने उनले बताए । जेनजीको आन्दोलनमा सार्वजनिक सम्पति जलाउनुमा अन्य शक्तिको हात रहेको उनले बताए। उनले नेताको घरमा भेटिएको पैसा लाई जफत गरी सरकारलाई बुझाउनु पर्नेमा लुटेर लगने अनि नेताको घर जलाउने जेनजीलाई लुटेराको संज्ञा दिए। घर जलाउने र लुटपाट गर्नेलाई कारवाही गर्न उनले माग गरे ।
उनले नयाँ संविधान जारी भएसंगै देशमा राजनैतिक अस्थिरता उत्पन्न भएको बताए । संविधान द्वारा मधेशीलाई बिभाजन गरी ३३ प्रतिशत बाट १८ प्रतिशतमा पुरयाएको छ उनले भने ।
उक्त कार्यक्रममा बोल्दै लोसपाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष एवम् मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जेनजीको मुख्य माग भ्रष्टाचारको अन्तय र देशका सुशासन कायम गर्न रहेको बताए । उनले उनीहरुको मागमा आफनो पार्टीको समर्थन रहेको समेत उनले बताए ।
जेनजीको आन्दोलनलाई केही ब्यक्तिले आफनो स्वार्थ बमोजिक मोडन खोजेको उनले दावी गरे । प्रजातान्त्रिक पार्टी चुनाव बाट डराउन नहुने उनले बताए । प्रजातान्त्रिक पार्टीले जनताको बीचमा आफनो कुरा राख्नु पर्छ उनले भने । उनले काँग्रेस र एमाले मधेश बिरोधी पार्टी रहेको बताए । उनले पार्टीको नेतृत्व र बिचार कमजोर नरहेको बताए ।
उनले संघियताका पक्षधर एक ठाउमा आउनुपर्नेमा उनको जोड रहेको थियो । प्रदेश सरकार र ६ महिनामा देश कुन दिशामा जादै छ त्यसमाथि निगरानी गर्न जरुरी रहेको उनले बताए। आरजकतालाई कुनै पनि हालतमा बर्दास्त गर्न नसकिने उनले चेतावनी दिए । उनले आन्दोलनकारी र लुटेरामा फरक रहेको समेत बताए।
यसैगरी उक्त अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्षहरु डा. अब्बासले ठुलो पार्टीकै कारण देश लाई सकंटमा लगेको बताए। उनले संघियता छुने दुसाहस गरेमा कडा जवाफ दिने चेतावनी दिए ।
उनले प्रजातान्त्रिक पार्टी रहेकाले जनतामा जान डराउन नहुने उनले बताए । केन्द्रीय उपाध्यक्ष श्याम गुप्ताले अहिले देश बिकट परिस्थतीमा रहेको बताए । उनले संघियता बचाउनका लागि सबै लागनु पर्ने उनको भनाई रहेको थियो ।
उक्त अवसरमा पार्टीका केन्द्रिय उपाध्यक्ष सीताराम गुप्ता, केन्द्रिय सदस्य जयप्रकाश साह, मोतीलाल कुशवाहा लगायतकाले मन्तब्य व्यक्त गरेका थिए। लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

