हरैया स्वास्थ्य चौकीमा १० सैयाको आधारभुत अस्पताल निर्माण हुने

साझेदारी दैनिक
694 पाठक संख्या

बाराको करैयामाई गाउँपालिका वडा नम्बर एकमा रहेको हरैया स्वास्थ्य चौकीमा १० सैयाको आधारभुत अस्पताल निर्माण हुने भएको छ ।

अस्पतालको गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले एक कार्यक्रमकावीच सोमवार शिलान्यास गरेका छन । ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्याउने संघीय सरकारको कार्यक्रम उक्त अस्पताल निर्माण हुन लागेको हो । अस्पताल १० करोड ८३ लाख ३६ हजारको लगानीमा निर्माण हुने भएको छ ।

करैयामाई गाँउपालिका वडा नम्बर १ का वडाअध्यक्ष सोनालाल साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा उपाध्यक्ष चित्ररेखा चौधरी, स्वास्थ्य शाखा प्रमुख रामनरेश चौधरी, पुर्व गाविस अध्यक्षहरु विष्णुदास चौधरी, रामलखन चौधरी, नेकपाका दशरथ राम, नरही स्वास्थ्य चौकीका जीतेन्द्र पासवान लगायतकाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्वागत स्वास्थ्य चौकी हरैया मधुवनका ईन्चार्ज अमेन्द्र कुमार गुप्ता र संचालन अहेब दिलिप यादवले गरेका थिए ।

Leave a review

This will close in 0 seconds