कलैया : कलैया उपमहानगरपालिकामा सक्रिय युवाहरूको पहलमा बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर २६ सिस्वामहेशपुरको जेनजि कमिटिको संयोजकमा राकेशप्रसाद यादव चयन भएका छन्।
शनिबार सम्पन्न भेला तथा अन्तरक्रिया कार्यक्रममा सर्वसम्मत निर्णय सहित यादव समितिको संयोजकमा निर्विरोध चयन भएका हुन्। युवाहरूको नेतृत्व विकास, सामाजिक दायित्व, स्थानीय समस्या समाधान, शिक्षा–स्वास्थ्य प्रवद्र्धन तथा पूर्वाधार निर्माणमा सक्रिय भूमिकाका लागि यो समिति गठन गरिएको हो। ५१ सदस्यीय नव गठित समितिका,सह–संयोजक पप्पुप्रसाद यादव रहेका छन्। कोषाध्यक्षमा अरुण यादव, सचिवमा क्रान्ति यादव, सह–सचिव बिराज गिरि रहेकाछन्।
समितिको सदस्यमा श्याम यादव, गालु यादव, रामबाबू पाण्डित, ॐ प्रकाश, हरिओम कहर, जितेन्द्र यादव , आतुतोश यादव , मुकेश साह, मग्नी यादव , मन्केशवर साह रहेका छन्। कार्यसमिति सदस्यमा अर्जुन गुप्ता, आनन्द कुमार गुप्ता, राजेश कुमार साह, राकेश यादव, निरज यादव दिपेन्द्र यादव , भोला यादव र राम पुकार लगायतका युवाहरू चयन भएका हुन्।
कलैया उपमहानगरपालिकामा युवाका क्षमता, सीप र ऊर्जा परिचालन गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, खेलकुद तथाकला–संस्कृतिको विकास, स्थानीय पूर्वाधार, विशेषगरी सडक निर्माणमा पहलकदमी,युवालाई रोजगारी, सीप र नेतृत्वतर्फ अभिमुख गराउने जस्ता दीर्घकालीन योजनाहरू अघि सारेको संयोजक यादवले जानकारी दिएका हुन्। राजनीतिक विभाजनभन्दा माथि उठेर “युवा–पहिलो, विकास–मुख्य” नारा लिएर समिति अघि जेन्जी अगुवा राजकुमार गुप्ताले बताएका हुन्।
जेनजी एण्ड युथ बाराको कलैया उपमहानगरपालिका अध्यक्ष सौरभ पाण्डेयको अध्यक्षतामा सो भेला भएको हो। राजकुमार गुप्ता, सुमन जयसवाल, बिक्की गुप्ताको उपस्थितिमा सो भेला भएको हो। कलैया उपमहानगरपालिका वडा नम्बर १,३,१२ र १५ मा जेनजी कमिटी गठन भईसकेको छ।

