चिसो बढेसंगै न्यानो र मोटो लुगा लगाउन थालियो

राजेश कुशवाहा
274 पाठक संख्या
फाइल तस्वीर

कलैया : चिसो मौसम सुरु भएपछि मानिसहरु न्यानो र मोटो कपडा लगाउन थालेका छन । कार्तिक महिनाको अन्तिम हप्तादेखि चिसो बढन थालेपछि मानिसहरु गर्मी दिने मोटो कपडा लगाउन थालेका हुन । बिहान र बेलुका बढी चिसो लागन थालेपछि बाराको गाउँ देहातमा बस्ने मानिसहरु आगो,घुरको सहारा लिन थालेका छन ।

गाउँघरका मानिसहरु आगो ताप्नका लागि घुरमा बसी एक आपसमा छलफल समेत गर्ने गरेको कलैया १७ का सहजनाथ महतोले बताएका छन । मंसिर महिनाको अन्तिम हप्तादेखि थप चिसो लागन थालेको सोही गाउँका पिरमहमद हवारी बताउछन । दिनमा कडा घाम लागने , बिहान ,बेलुका र राति बढी चिसो लागने गरेको उनले बताए ।

चिसोले गर्दा पुश पक्षीहरुलाई समेत समस्या भएको छ । चिसो मौषममा पशु पंक्षीहरु पानी पिउन समेत छोडेका छन ।उनीहरु गर्मी मौसमको तुलनामा चिसो मौसममा कमै पानी पिउने गरेको पशु पालक कृषकहरुले बताएका छन। गर्मी मौसमको तुलनामा जाडोमा गाई भैसीहरुले समेत दुध दिन कम गरेको कृषकहरुको भनाई छ । चिसोका कारण गाई बस्तुलाई चाहिने घासहरु कमै मात्रामा उपलब्ध हुने गरेको उनीहरुले बताएका छन।

यसैगरी चिसोका कारण बाराको जनजिवन कस्टकर हुदै गईरहेको छ।जोडा बाट सबभन्दा बढी बालबाालिका र बृद्धबृद्धा प्रभावित हुने गरेका छन। चिसो बाट बच्न उनीहरु आगो तापीरहेका छन। चिसोका कारण बृद्धबृद्धाहरुमा बिभीन्न प्रकारका रोगहरुको संक्रमण बढेको प्रादेशिक अस्पताल कलैयाले जनाएको छ । चिसोले बालबालिका तथा बृद्धबृद्धामा रुघाखोकी ,ज्वरो ,कोल्ड डायरिया लगायतका रोगहरुको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Leave a review

This will close in 0 seconds