कलैया : लोकतान्त्री समाजवादी पार्टी(लोसपा) बाराले २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ बाराका तीन वटा क्षेत्रबाट उम्मेदवारको नाम सिफारीस गरेको छ ।
लोसपाले आगामी निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट ओम प्रकाश चौधरी र उमेश जयसवालको नाम सिफारीस गरेको छ । यसैगरी क्षेत्र नमबर २ बाट श्याम प्रसाद गुप्ता, मोतिलाल कुशवाहा र नवलकिसोर सिंह सिंहको नाम सिफारीस गरेको छ ।
यस्तै लोसपाले बारा क्षेत्र नम्बर ३ बाट महम्मद फिरोज र डा.कमरुल्लाह अंसारीको नाम सिफारीस गरेको पार्टीले जनाएको छ । आउने फालगुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लागी प्रत्यक्षतर्फबाट उम्मेदवारीका लागि नेताहरुलाई सर्वसम्मति नाम सिफारीस गरेको छ ।

