राष्ट्रिय वाणिज्य बैंक कलैया शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कलैया उपमहागरपालिका–४ का अमृता अनाथालयका विद्यार्थीलाई २ थान कम्प्युटर बुधवार सहयोग उपलब्ध गराएको छ ।
त्यहाँका विद्यार्थीहरूले कम्युटर शिक्षामा दक्ष होस् भन्ने उदेश्यले ७० हजारको कम्प्युटर प्रदान गरिएको बैंकका शाखा प्रबन्धक विवेक श्रीवास्तवले बताए ।
अनाथालयमा प्राथमिक तहदेखि विद्यालय तह सम्मका ५० जनाको हाराहारीमा विद्यार्थी छन् । शाखाका सहायक प्रबन्धक महेश दर्लामी र प्रशासन प्रमुख बरूण गुप्ताले संयुक्त रूपमा अनाथालयमै पुगेर कम्प्युटर प्रदान गरेको शाखा प्रबन्धक श्रीवास्तवले बताए ।
सामाजिक, मानवीय, अति विपन्न, प्राकृतिक आपद् विपद् लगायत स्वास्थय, शिक्षा क्षेत्रमा बैंकले निरन्तर सहयोग गर्दै आएको बैकका सहायक प्रबन्धक महेश दर्लामीले साझेदारीलाई बताए ।