नेविसंघको पहलमा हरि खेतानमा स्ववियु गठन

साझेदारी दैनिक
350 पाठक संख्या

वीरगन्ज : पर्साको वीरगन्जमा रहेको हरिखेतान बहुमुखी क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) गठन भएको छ ।

नेपाल विद्यार्थी संघले मंगलबार क्याम्पसमा आयोजन गरेको एक विद्यार्थीहरुको भेलाले उक्त क्याम्पसमा स्ववियु समिति गठन गरेको हो । भेलाले सुरज यादवको अध्यक्षतामा ११ सदस्यीय स्ववियु गठन गरेको छ ।

नवगठित स्ववियु समितिको उपाध्यक्षमा रञ्जन गुप्ता, सचिवमा आकाश कलवार, सह–सचिवमा प्रिन्स साह कानु, कोषाध्यक्षमा निभा कुमारी सर्राफ रहेका छन् । यसैगरी समितिको सदस्यहरूमा इरशाद आलम, दिपेश ठाकुर, रामप्रवेश यादव, चन्दन शर्मा, सुदिप राज ठाकुर तथा मुस्कान पटेल रहेका छन् ।

भेलाका प्रमुख अतिथि नेबिसंघका केन्द्रिय सदस्य. मुनराज तिवारीले सम्बोधन गर्दै विद्यार्थी हित, शैक्षिक गुणस्तर र क्याम्पस सुधारका लागि संगठित विद्यार्थी समुहको भूमिका आवश्यक रहेको बताए । उनले नवगठित युनियनलाई सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह समेत गरेका छन ।

यस्तै उक्त भेलामा ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघको स्ववियु परिषदका केन्द्रीय अध्यक्ष राजकुमार यादवले क्याम्पसमा देखिएका विभिन्न समस्या र बेथितिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन ।

सो अवसरमा नवगठित क्याम्पस स्ववियुका अध्यक्ष सुरज यादवले क्याम्पसमा देखिएका विद्यार्थीका समस्या लगायत सवै समस्याहरुको समाधानका लागि निरन्तर पहल र प्रयास गर्ने प्रतिबद्धता जनाएका छन ।

Leave a review

This will close in 0 seconds