तामागढी साकोस कोल्हबीद्वारा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

साझेदारी डेलि
238 पाठक संख्या

कलैया : बाराको ककरैयामाइ ५ ढोडिया पिपरामा तामागढी साकोस कोल्हबीद्धारा सदस्य शिक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

सहकारीको नयाँवस्ती सदस्य सेवा केन्द्रको अयोजनामा उक्त नियमित प्रक्रिया अन्तर्गत सदस्यहरुलाइ प्रदान गरिदै आएको सदस्य शिक्षा कार्यक्रम संचालन गरिएको हो ।

सो अवसरमा सदस्यहरुलाई सहकारीको सेवासुविधा, विभिन्न नितीहरु, सहकारीको उदेश्य आदीका विषयहरुमा मुख्यप्रबन्धक बासुदेव रिमालले प्रशिक्षण दिनुभएको थियो ।

सेवाकेन्द्र संयोजक राकेश प्रसद साह ज्युको अध्यक्षता भएको उक्त कार्यक्रममा सेवाकेन्द्र उप समिति सदस्य संतोष कुमार चौधरी ज्यु,कुमित्री कुमारी चौधरी, नयाँबस्ती सेवाकेन्द्र प्रमुख सरस्वती खनाल अर्याल ,कर्मचारी सपना खड्का, सरिता लामा लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds