बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

साझेदारी डेलि
457 पाठक संख्या

कलैया । बारामा दुई भारतीय मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका वडा नं ५ बस्ने ४५ वर्षिय सुरेन्द्र महतोको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं ५ स्थित सडकमा सो दुर्घटना भएको हो।

बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिएको हो। बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका वडा नं ५ बस्ने ४५ वर्षिय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकल चालकको समाज अस्पताल कलैयामा र सोही मोटरसाइकलमा सवार १ जनाको हिमाल अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

TAGGED:
Leave a review

This will close in 0 seconds