बाराबाट सरुवा भएका प्रहरी उपरिक्षक पंगेनीलाई विभिन्न संघ संस्थाद्वारा बिदाई

साझेदारी दैनिक
789 पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीलाई बाराका विभिन्न संघसंस्थाले संयुक्त रुपमा शनिवार विदाई कार्यक्रमको आयोजना गरेका छन ।

बाराका प्रहरी प्रमुखको रुपमा करिब एक बर्षे कार्यकाल पुरा गरि काठमाण्डौ सरुवा भएका प्रहरी उपरिक्षक पंगेनीलाई विभिन्न संघसंस्थाले प्रशंसा पत्र प्रदान गर्दै विदाई गराएका थिए । पंगेनीलाई युवा साझेदारी केन्द्र, साक्षर सामुदायिक सिकाई केन्द्र र भिजिट मधेस बाराले संयुक्त रुपमा विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले फुलमाला अविर र खादा लगाएर सम्मान गर्दै विदाई गरेका थिए । सो अवसरमा वोल्दै अध्यक्ष दासले प्रहरी उपरिक्षक पंगेनी बारामा रहदा जिल्लामा शान्ति सुरक्षाको प्रत्याभुति हुने गरि काम गरेको र कोरोना महामारीमा समेत प्रभावकारी रुपमा प्रहरी परिचालन, जनतासंग सुमधुर सम्बन्ध कायम गराउन सफल हुनु भएकोमा प्रशंसा व्यक्त गरेका छन ।

प्रहरी प्रमुखले आफ्नो कार्यकालमा विना राजनीतिक प्रेसरमा काम गर्ने गरेको र जिल्लामा ठुलठुला अपराधका फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल हुनुभएकोले शाहसी र निडर प्रहरी अधिकारीको भुमिका निर्वाह गरेको अध्यक्ष दासले वताएका छन ।

यसैगरी कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेयले प्रहरी उपरिक्षक पंगेनीले आफ्नो बारा वसाईमा सुरक्षामा चुस्त दुरुस्ता राख्न सफल भएका, अपराध नियन्त्रण र तस्करी नियन्त्रणमा समेत उल्लेखनीय काम गरेको बताएका छन ।

युवा साझेदारी केन्द्रका अध्यक्ष श्यामबावु यादवको अध्यक्षतामा भएको विदाई कार्यक्रममा भिजिट मधेस बाराका संयोजक अजय साहले स्वागत, साक्षर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष साजिर मन्सूरले धन्यवाद ज्ञापन र पत्रकार महासंघ बाराका पुर्वसचिव जयनारायण यादवले संचालन गरेका थिए ।

Leave a review

This will close in 0 seconds