परवानीपुरमा कृषि संकलन केन्द्र सञ्चालन, किसानलाई बजार सहज

रञ्जन यादव
100 पाठक संख्या

जीतपुर । बाराको परवानीपुर गाउँपालिकाले कृषकको उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले कृषि उपज संकलन तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ।

गाउँपालिका वडा नं. १ र २ को बीचमा पर्ने हिराती चोकमा स्थापना गरिएको केन्द्रको सोमबार गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले उद्घाटन गरेका हुन्।

कृषि उपज संकलन समितिको व्यवस्थापनमा सञ्चालन हुने केन्द्रमार्फत अब दैनिक रूपमा तरकारी संकलन, खरिद र बिक्री हुने व्यवस्था मिलाइएको छ। यसले किसानले उत्पादन गरेको तरकारीलाई एउटै स्थानबाट व्यापारीसम्म पुर्‍याउन सहज हुने र उचित मूल्य पाउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, कृषक अगुवा, व्यापारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले मङ्गलबारदेखि नियमित रूपमा तरकारी संकलन तथा बिक्री सुरु हुने जानकारी दिँदै किसान र व्यापारीलाई केन्द्रको उपयोग गर्न आग्रह गरेका छन्। यस केन्द्र सञ्चालनसँगै स्थानीय कृषि प्रणाली व्यवस्थित हुने र किसानलाई प्रत्यक्ष बजार पहुँच मिल्ने विश्वास गरिएको छ।

Leave a review

This will close in 0 seconds