रास्वपा कलैया उपमहानगर समितिको सभापतिमा उमा शंकर रौनियार विजयी

साझेदारी डेलि
272 पाठक संख्या

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिका समितिको सभापतिमा उमा शंकर रौनियार विजयी भएका छन्।

बारा जिल्ला क्रिकेट संघको सिदेश्वर खेल परिसरमा आज सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिका समितिको अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उमा शंकर रौनियार १२४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी बब्लु गिरि गोसाईले ८३,सुरेन्द्र शर्माले ६७ र अभिषेक पटेलले २ मत प्राप्त प्राप्त गरि पराजित भएका छन् ।

निर्वाचनको जानकारी दिँदै सहायक निर्वाचन अधिकृत डा. सुशील साहले सह–सचिव पदमा बलिराम गिरि निर्विरोध निर्वाचित भएको बताए। उनका अनुसार अन्य पदहरूको मतगणना भने जारी रहेको छ।

Leave a review

This will close in 0 seconds