बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

साझेदारी डेलि
368 पाठक संख्या

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिप्रामा सोमबार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

वीरगंज पथलैया सडकखण्डमा जितपुरबाट विरगंजतर्फ जादै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पुर्वतर्फ बाटो क्रस गर्दै गरेको तत्काल नामथर वतन नखुलेको पदैल यात्रीलाई ठक्करबाट नाम थर र वतन नखुलेको ३५ वर्षीय पैदल यात्रिको नारायणी अस्पतालको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मोटरसाइकलमा सवार काठमाण्डौ टोखा नगरपालिका वडा नमबर नखुलेको अन्दाजी २० वर्षीय डिजेन जोसीको वयोधा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन्।

यस्तै मोटरसाइकलमा सवार बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका- १ पथलैया बस्ने प्रभु अधिकारीको २० वर्षीय छोरा सभ्य अधिकारीको वयोधा अस्पतालको डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।

मोटरसाइकल दुर्घटनाग्रस्त भएको खवर प्राप्त हुँना साथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश निरौलाको कमाण्डमा अस्थायी ट्राफिक पोस्ट जितपुरबाट ट्राफिक सहित गरी ४ जनाको टोली खटी गइ घाइतेहरूलाई तत्काल उद्धार गरेको हो। मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुर बाराको नियन्त्रणमा रहेको बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds