पाँच हजार अमेरिकी डलर पुरस्कार राशीसहितको ‘पब्जी मोबाइल नेपाल सिरिज २०२५’ को ग्राण्ड फिनाले सम्पन्न

साझेदारी दैनिक
299 पाठक संख्या

काठमाण्डौं । नेपालमा अत्याधिक रुचाइएको ई–स्पोट्र्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्डफिनाले आधिकारिक रूपमा सम्पन्न भएको छ।

प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो। कुल पाँचहजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यसपटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। ती मध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ माहुने पब्जीमोबाईल स्टार च्यालेन्जमा सहभागिता जनाउने अवसर प्राप्त गरेकाछन् ।

स्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई–स्पोट्र्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभव लिन एक वास्तविक प्लेटफर्म उपलब्ध गराएको छ।

साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फम्र्याट अपनाइएको छ, जसअन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिकालागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरूसँग सहकार्य गर्ने विशेष अवसर समेत पाउनेछन्। यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर–केन्द्रित सहभागितासँग घुलमिल गराउनेछ ।

समावेशिताप्रति ऐतिहासिक कदम चाल्दै पब्जी मोबाईलले यसपटकको फाइनलमा नेपालमै पहिलो पटक गल्र्स ओन्लीशो–म्याच आयोजना गरेको छ। यस विशेष प्रदर्शनीमा १६ ओटा महिला टोली बीच प्रतिस्पर्धा भएको थियो । सहभागी टोलीहरूले रु. २५,००० नगद पुरस्कार पाएकाछन् । यस कदमले ई–स्पोट्र्स प्रतिभामा लैंगिक विभेद नहुने सन्देश दिनुका साथै नेपालमा बढ्दो गेमिङ समुदायभित्र अझ व्यापक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको छ।

२०२५ पब्जी मोबाईल नेपाल सिरिज केवल एउटा प्रतियोगिता मात्र नभएर नेपाली गेमरहरूको उत्साह, ऊर्जाशीलता र विश्वस्तरमा खेल्ने सम्भावनाको उत्सव हो।

प्रतियोगिता अघि बढ्दै जाँदा दर्शकहरूले उच्चस्तरीय प्रतिस्पर्धा, रोचक प्रतिद्वन्दिता र नेपाललाई विश्वकै प्रतिष्ठित ई–स्पोट्र्स प्रतियोगितामा प्रतिनिधित्व गर्न सक्नेछन्। यस प्रतियोगिताले स्थानीय प्रतिभाको विकास, सामुदायिक संलग्नता र ई–स्पोट्र्सलाई समावेशी तथा एकताबद्ध गर्ने माध्यमका रूपमा प्रोत्साहन गर्ने पब्जी मोबाईलको प्रतिबद्धता पुनः स्थापित गरेको छ।

Leave a review

This will close in 0 seconds