पर्सामा चालीस किलो गाँजासहित एक जना पक्राउ

साझेदारी डेलि
23 पाठक संख्या

वीरगञ्ज । पर्सा प्रहरीले ४० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नं.३ बस्ने ६० वर्षीय गोरे लामा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

लागूऔषध गाँजा बिक्री वितरण तथा भण्डारण गरि राखेको छ भन्ने बिशेष सूचनाको आधारमा शनिबार राति जिल्ला प्‌हरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले जिल्ला पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं.३ बस्ने गोरे लामाको घर खानतलासी गरेको हो।

घरभित्र ड्रममा लुकाइ छिपाई राखेको अवस्थामा गाँजा बरामद गरिएको हो। लामालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a review