कलैया-१५ को कांग्रेस वडा सभापतिमा ज्याउल हक अन्सारी निर्विरोध

साझेदारी डेलि
289 पाठक संख्या

‎बारा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको सन्दर्भमा सम्पन्न कलैया उपमहानगरपालिका–१५ को वडा अधिवेशनबाट ज्याउल हक अन्सारी वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

‎अधिवेशनबाट उपाध्यक्षमा नाथु अन्सारी र मुस्लिमा खातुन (महिला), कोषाध्यक्षमा ओहाब अन्सारी, सचिवमा कृष्ण सहनी तथा सहसचिवमा योगेन्द्र महतो निर्विरोध निर्वाचित भएको जनाइएको छ। त्यसैगरी वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूसमेत निर्विरोध चयन भएका छन्।

‎निर्वाचित वडा कार्यसमिति, वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिँदै प्रवेज अलाम अन्सारीले सबै निर्वाचित पदाधिकारीलाई बधाई दिएका छन्।

उनले निर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउन र स्थानीय तहमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेको बताए।

‎अन्सारीले निर्विरोध निर्वाचित सम्पूर्ण पदाधिकारी, वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Leave a review