वीरगञ्ज । नेपाल प्रहरीमा प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका हनुमान राउत अहिरलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेश तथा गृह मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार २०८३ कात्तिक १२ गते भएको बढुवा निर्णयबमोजिम अहिरलाई २०८३ मंसिर ७ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा बढुवा गरिएको हो।
सोही अवसरमा आइतबार नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज, पर्सामा आयोजित विशेष कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरको प्रमुख आतिथ्यतामा अहिरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम १२९ को उपनियम (२) र (२क) को देहाय (ख) बमोजिम भएको बढुवापछि आयोजित सुशोभन कार्यक्रममा प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
दर्ज्यानी चिन्ह प्रदानसँगै प्रहरी निरीक्षकको नयाँ जिम्मेवारी सम्हाल्नुभएका अहिरलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
प्रहरी निरीक्षकमा बढुवा भएका हनुमान राउत अहिरलाई दर्ज्यानी चिन्ह प्रदान
Leave a review
Leave a review



