सिरहा र धनुषाका ट्राफिक प्रहरी कार्यालयको अनुगमन :नागरिकमैत्री सेवा प्रवाहमा जोड

साझेदारी डेलि
253 पाठक संख्या

बारा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका कार्यालय प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले सिरहा र धनुषाका ट्राफिक प्रहरी कार्यालयहरूको अनुगमन तथा निरीक्षण गरेका छन्।

शनिबार अनुगमनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल, धनुषा तथा मातहतका कार्यालयहरूको वस्तुस्थिति, कार्यसम्पादनको अवस्था र सेवा प्रवाहबारे निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा कार्यालयहरूको कार्यसम्पादन तथा सेवा प्रवाहको अवस्थाबारे समीक्षा गर्दै प्रमुख बस्नेतले आवश्यक सुधार, समन्वय र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

त्यसैगरी, ट्राफिक व्यवस्थापनका क्रममा नागरिकमैत्री व्यवहारको संस्कृति पूर्ण रूपमा पालना गर्न तथा सेवाग्राहीलाई प्रभावकारी, व्यवस्थित र उत्तरदायी सेवा प्रदान गर्न उनले सम्बन्धित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

व्यवस्थित कार्यसम्पादन, प्रभावकारी सेवा प्रवाह र जिम्मेवार कार्यसंस्कृति विकास गर्ने उद्देश्यले अनुगमन तथा निरीक्षण गरिएको कार्यालयले जनाएको छ।

Leave a review