पर्सा प्रहरीद्वारा जिल्लामा चाडपर्ब लक्षित सुरक्षा योजना लागु

साझेदारी दैनिक
635 पाठक संख्या

वीरगञ्ज

पर्सा प्रहरीले जिल्लामा चाडपर्ब लक्षित सुरक्षा योजना लागु गरेको छ ।

नजिकिएको महान चार्ड दशैँ, यम पञ्चक तिहार र छठ जस्ता चाडबाडको समयमा हुन सक्ने अपराधिक घटना न्युनिकरणको लागि प्रहरीले जिल्ला भरि चाडपर्ब लक्षित बिशेष सुरक्षा योजना लागु गरेको हो । जस अनुसार चाडपर्बको बेलामा धार्मिक आस्थामा आँच नआउने गरी शक्तिपिठहरुमा नित्य पुजा, अर्चना गर्ने ब्यबस्था मिलाईएको छ ।

दशैमा मठ,मन्दिर, पोखरी तथा घाटहरुमा श्रध्दालुहरुको घुईँचा लाग्ने वीरगञ्जको गहवामाई, माईस्थान, विर्तामाई, राधेमाई, भुटनदेवि, विन्दवासिनी लगायतका प्रसिद्ध मन्दिरहरुमा प्रहरीले निरन्तर अनुगमन तथा सुरक्षा ब्यावस्था मिलाइएको छ । त्यसैगरि छठका् बेला श्रध्दालुहरुको भीड लाग्ने वीरगञ्जको घडीअर्वा पोखरी, नगवा पोखरी, मुर्लीै पोखरी, माईदिया पोखरी लगायतका पोखरी तथा नदि किनारहरुमा सम्बन्धित वडा तथा ईलाका प्रहरीबाट प्रहरी खटाई सुरक्षा ब्यावस्था गरिएको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका मुख्य बजारहरु माईस्थान,आदर्शनगर,घण्टाघर,बसपार्कमा चौबीसै घण्टा प्रहरीहरु खटाईने छ ।खाध बस्तुका् कालोबजारी हुन नदिन मोबाईल गस्ती टोली,सादा पोशाकमा प्रहरीहरु खटाईने छ । भिडभाडको मौका छोपी हुन सक्ने स्न्याचिङ् र बैंक तथा बित्तीय संस्थाहरुमा हुन सक्ने लुटपाटलाई नियमन तथा नियन्त्रण गर्न पनि सादा पोशाक तथा क्विक रेस्पोन्स टोली खटाईने छ ।

चाडपर्बको बेला जिल्लाको ६५ प्रहरी ईकाईबाट ४ वटाका दरले दैनिक २७० पैदल गस्ति हतियार सहित पैदल गस्ति परिचालन हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ११ प्रहरी ईकाईबाट दैनिक १ वटाका दरले (थप समेत) १५ गाडी मोबाईल गस्ती, दैनिक १ वटाका दरले ५९ मोटरसाईकल मोबाईल गस्ति,१२ वटा हतियार सहित २४ घण्टा क्विक रेस्पोन्स टोली परिचालन हुने छ ।

महानगर क्षेत्र र अन्यत्रका बजार एरियामा आवश्यकता अनुसार चेक प्वाईन्ट तथा ट्राफिक चेकजाँच गरिने बिरगञ्ज–परवानीपुर, जितपुर–ठोरी, बिरगञ्ज–ठोरी हुलाकी सडक, गण्डक–जानकिटोला सडक खण्ड र सिर्सिया–भिश्वा–सेडवा सडक खण्ड मा मोबाईल गस्ति बढाईने छ ।सीमा नाका र जङ्गल क्षेत्रका शँकास्पद नाकामा लागु औषध तथा बिष्फोटक पदार्थ केन्द्रित तालिम प्राप्त कुकुर सहितको चेकिङ परिचालन गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Leave a review

This will close in 0 seconds