मेयर जयसवालले शिवमन्दिर जोड्ने अर्को सडकको शिलान्यास

साझेदारी दैनिक
240 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले शिवनगरमा नयाँ सडक निर्माण कार्यको शुक्रवार शिलान्यास गरेका छन।

एक समारोहका बीच मेयर जयसवालले नगरपालिकाको वडा नम्बर ५ शिवनगर मेनरोड देखी प्रशिद्ध धार्मिक स्थल शिव मन्दिर जोड्ने अर्को नयाँ बाटोको शिलान्यास गरेका हुन् ।

नगर स्तरीय कुल अनुमानित बजेट पचास लाखको लागत बन्ने २५० मिटर लामो र १५ फिट चौडाइ रहेको सो बाटो गौर चन्द्रनिगाहपुर सडकखण्ड शिवनगर चौकदेखी महादेव मन्दिरलाई जोड्ने अर्को अर्थात दोस्रो सडकको रूपमा मेयर जयसवालले उक्त निर्माण कार्यको सुरुवात गरेका हुन ।

करीब दुई दशकदेखि शिवनगरधाममा कसैले पनि नयाँ सडक निर्माण गर्न नसकेको अवस्थामा गरुडा नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले गरेको कार्य बाट स्थानीय खुशी र हर्षित भएका छन् ।

अहिले गौर चपुर सडकदेखि महादेव मन्दिरसम्म जाने एउटा बाटो मात्र भएको हुनाले महादेव मन्दिरको दर्शन गर्न जाने भक्तालुहरुको सो बाटोमा बेला बेलामा निकै भिड्भाड हुदैआएकोले स्थानीयहरुको आग्रहमा मेयर जयसवालले महादेव मन्दिरसम्म जान अर्को बाटो निर्माण कार्यको सुरुवात गरेपछी स्थानीयहरु निकै खुसी भएका छन ।

यो सडक निर्माण भएपछि सो बाटोमा मन्दिर जाने व्यक्तिहरुको चाप कम हुने छ भने प्रमुख सडकदेखि मन्दिर जान दुईवटा बाटो प्रयोग गर्न पाउनेछन । मेयर जयसवालले बिधिवत रूपमा पुजापाठ गरि शिलान्यास गरेसंगै आजैदेखि उक्त सडक निर्माणको काम द्रुत गतिमा अगाडि बढेको छ ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष शेख वहाब,वडा नम्बर २ का अध्यक्ष कृष्णनन्दन सहनी स्थानीय बुद्धिजीवी कृष्णदेव गिरि,बच्चाबाबू गिरी,वडा अध्यक्ष प्रत्यासी जोगिन्द्र साह,मन्जय मिश्र लगायत स्थानीय भद्र भलादमी तथा पत्रकारको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds