Sajhedari Daily
Latest News from Nepal

बारामा २२ जनाले कोरोना जिते

Top Aside Banner

सिकेन्द्र पासवान/
कोरोना संक्रमित २२ जनाले कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरको आइसोलेसनबाट कोरोना जिती डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा एक प्रहरी जवान संक्रमित पत्रकारका श्रीमति एक जना महिला र अन्य गरि २२ जना डिस्चार्ज गरिएको कलैया अस्पतालका प्रमुख बिरेन्द्र मण्डलले बताउनुभयो ।

डिस्चार्ज हुनेहरुमा सिम्रौनगढ नगरपालिकाका ६ जना, महागढीमाई नगरपालिकाका बेतौनामा ४ जना, करैयामाई गाँउपालिकाका १ जना महिला , पचरौता नगरपालिकाका १० जान र पर्सा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरतm प्रहरी जवानलाई डिस्चार्ज गरिएको प्रमुख मण्डलले भने ।

डिस्चार्ज गरिएको ती ब्यतिmहरुलाई घरमा पनि सेल्प कोरेन्टीनमा बस्न भनिएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो । आफुहरु कोरोना जितेपछि न्याँ जीवन पाएको प्रतिक्रिया दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले डिस्चार्ज हुने सबैको स्वास्थ्य लाभको कमना ब्यतm गर्दै शुभकामना दिएका छन ।