बरियारपुरबाट भन्सार छलीका लाता कपडा सहित एक पक्राउ

साझेदारी दैनिक
509 पाठक संख्या

बाराको बरियारपुर क्षेत्रबाट प्रहरीले अवैध भन्सार छलिका लताकपडा बरामद गरेको छ ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नं.२ बरियारपुर बजार स्थित हुलाकी राजमार्गको बाटो हुँदै अवैध रूपमा भारतिय मालसामान चोरी पैठारी हुँदै गरेको अवस्थामा भन्सार छलीका लताकपडा बरामद गरेको हो ।

प्रहरीले कपडा सहित सुवर्ण गाउँपालिका वडा नं.२ बस्ने बर्ष ५५ को चन्देश्वर यादव र ऐ.ऐ. बस्ने बर्ष १९ को ओमजी कुमार यादवले भारतबाट चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न किसिमको लाता कपडा फेला पारी नियन्त्रणमा लिई दाखिला गरेको विभिन्न किसिमको लाता कपडा सहित पक्राउ परेका तस्करहरू चन्देश्वर यादव र ओमजी कुमार यादवलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको बारा प्रहरीले जानकारी गराएको छ ।

Leave a review

This will close in 0 seconds