रञ्जन यादब /
डिभिजन बन कार्यालय सिमरा ,बाराले ५० थान २९ क्युफिटको काठ आज बरामद गरेको छ । बन कार्यालबाट खटिएको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको गोठबाट २९ क्युफिट सालको काठ बरामद भएको हो ।
हलखोरीया सब डिभिजन बन कार्यालयको गस्ती टोलीले साईकलको ड्याम पछ्याउँदै जाँदा उक्त परिमाणको काठ बरामद गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।
बरामद काठमा साल जातको एक थान काठको गोलिया ५.२१ क्युफिटको र ३९ थान चिरानको काठ ११ं.१४ क्युफिटको बरामद गरिएको छ ।
त्यस्तै कर्मा जातको तीन थान काठको गोलया ११ क्युफिटको र चिरानको काठ साँत थान १.३६ क्युफिटको बरामद भएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।