नेपालको सीमाको रक्षा गर्ने मधेसी नै सच्चा राष्ट्रवादी भएको : गृह मन्त्री खांड

साझेदारी दैनिक
930 पाठक संख्या

अनिलकुमार साह
कलैया, २१ चैत्र
नेपाल देशको मात्र सैनिकबाट सिमा नाकाको सुरक्षा हुदैन हरेक मधेसी जनताले सिमानाकाको सुरक्षा गर्ने गरेको कुरा गृह मन्त्री बालकृष्ण खांडले बताएका हुन।

नेपाली कांग्रेसका योद्धा भागवत प्रसाद यादव प्रती आवरण र नेपाली कांग्रेसको बृहत पार्टी प्रबेश कार्यक्रममा प्रमुख अथिती नेपाल सरकारको गृह मन्त्री बालकृष्ण खांडले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको भुमी भारतको अतिक्रमबाट सिमा नजिकमा बासोबास गर्दै आएका मधेसी जनताले सुरक्षा गरिरहेका बताएका छ्न । मधेसी जनताले एक इन्च पनि अतिक्रम गर्न दिएको छैन । मधेसी जनता देशको बफदार रहेको खाड बताएका हुन।

बाराको सिम्रौनगढमा सोमबार कांग्रेसका पुराना नेता स्वर्गीय भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाडले नेपालको सीमाको रक्षा गर्ने मधेसी नै सच्चा राष्ट्रवादी भएको बताएका हुन् ।

उनले भने, ‘सुरक्षाकर्मीलाई प्रयाप्त स्रोत साधन दिन सकिएको छैन। सीमा क्षेत्रमा प्रयाप्त सुरक्षा पोष्ट पनि राख्न सकिएको छैन । यस्तो अवस्थामा मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका छन् , नेपाली भूमिको सुरक्षा मधेशकै दाजुभाइ तथा दिदीबहिनीहरुले गरिरहेको तथ्यलाई कसैले बिर्सिनु हुँदैन । ‘
मधेस प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउनका लागि कांग्रेसले अग्रसरता लिने गृहमन्त्री खाँडले बताए । उनले भने,’मधेसको विकास भए मात्र देशको विकास हुन्छ, मधेस समृद्ध भए मात्र देश समृद्ध हुन्छ , त्यसैले मधेस र पहाडलाई फुटाउने होइन मधेस र पहाडलाई जुटाउने काम गर्नुपर्छ ।’

नेपाली कांग्रेसको सिद्धान्त राष्ट्रवादको जगमा उभिएको भन्दै उनले सबै भूगोल ,जात धर्मका नेपालीलाई एकताको सुत्रमा बाँधेर नेपाललाई सबल र बलियो बनाउने काम कांग्रेसले गर्दै आएको बताएका हुन। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाडले भने, ‘त्यसैले कांग्रेस बलियो भए मात्र देश बलियो हुन्छ , जनताले यो कुरा बुझ्न जरुरी छ ।’

मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै गृहमन्त्री खाडले नागरिकताको समस्या छिटटै सामधान हुने बताए । उनले भने, ‘नेपालमा जन्मिएका , यहि जन्मिएर हुर्किएकालाई नागरिकताबाट बञ्‍चित गरिनु हुन्न , उनीहरुलाई नेपाली नागरिकता दिनुपर्छ ।’

कानुनको अभावका कारण नागरिकता वितरणमा केहि समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने उनले बताए । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा अड्किइ रहेको भन्दै उनले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा लागि परेको बताए।

नागरिकता ऐन बनिसकेपछि पालिका स्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोच रहेको गृहमन्त्री खाडले जानकारी दिए । गृहमन्त्री खाडले अमेरिकी अनुदान सहयोग एमसीसी सैन्य गठबन्धन नभएको जिकिर गरे । एमसीसी कार्यान्वयन भएपछि अमेरिकी सेना नेपालमा आउने कुरा हावा मात्रै भएको उनको कथन छ । उनले भने, ‘यदि विदेशी सेना नेपालमा आउँछ भने हरेक नेपाली संघर्षमा उत्रिनुपर्छ , म पनि उत्रिन्छु तर एमसीसी , सैन्य गठबन्धन हुँदैन होइन ।’

एमसीसी देशलाई सबल बनाउने परियोजना भएको भन्दै उनले यसले नेपालको वैदेशीक व्यापार घाटा कम गराउने जिकिर गरे।

Leave a review