रबिन्द्र प्रसाद साह, /
प्रदेश नम्बर २ का प्रदेस सभा सदस्य माननीय पारस प्रसाद साहले कलैया अस्पताललाई यथावत राख्न माग गरेका छन ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट प्रदेश सभामा निर्वाचित सांसद साहले विहिवार एक प्रेस वक्तव्य निकालेर यस्तो माग गरेका हुन । सांसद साहले कलैया अस्पताललाई यथावत राखि कोरोना अस्पताल बेग्लै बनाउन आग्रह गरेका छन ।
उनले कोरोना अस्पताल बनाउन आवस्यक पर्ने रकम आफ्नो संस्दीय कोषबाट सहयोग गर्न पनि तयार रहेको विज्ञप्ति मार्फत जानकारी गराएका हुन।
बारा जिल्ला पनि संक्रमणको उच्च जोखिममा रहेकोले महामारीसंग् लड्न केन्द्र , प्रदेश , स्थानीय सरकारको सहयोग र सहकार्यको आवश्यकता रहेको बताएका छन ।
कोरोना भाइरस महामारीका कारण विश्वका साथसाथै हाम्रो देश नेपालमा पनि संक्रमण बढ्दै गैरहेले भयावह हुन सक्ने संकेत गरिरहेको छ तथा मुलुकको अवस्था भयावह बन्नु अगावै सबै प्रकारका तयारी गर्नु पर्ने आजको आवश्यकता रहेको सांसद साहले विज्ञप्तिमा उल्लेख गरेका छन।
सांसद साहले जिल्ला भार महामारीलाई नियन्त्रण गर्न तथा स्वास्थ्य सेवा, परीक्षणको दायरा बढाउन र उपचारको यथाशिघ्र व्यवस्थापन गर्नपर्नेमा जोड दिएका छन ।