सिकेन्द्र पासवान /
जिल्लाको सदरमुकाम रहेको कलैया नगरको मुख्य चौकमा नै हिलाम्य भएपछि सडकमै धान रोपेर व्यावसायीहरुले विरोध जनाउदै सोमवार धान दिवस मनाएका थियो ।
उपमहानगरपालिकाको मुटुको रुपमा रहेको भरतचौकमा नै पानी जमेर पोखरी बनेपछि सोमवार व्यापारीहरुले धान रोपेर बिरोध गरेका हुन ।
ठेकेदार कम्पनीको ढिला सुस्तीले गर्दा मानमत मटिअर्वा सडक अन्र्तगतको कलैया–पिलुवा सडकमा पर्ने भरतचोक देखि बरेवासम्म र भरत चोक देखि अवधापुरसम्मको सडक हिलाम्य बनेको छ ।
मुख्य सडक नै हिलाम्य भएकाले आम नागरिकहरुलाई हिडडुल गर्न समस्या भएकाले धान रोपेर सांकेतिक बिरोध गरिएको स्थानीय व्यापारी शशिभुषन केशरीले बताएका छन ।
मुख्य चौक नै हिलाम्य भएपनि सरोकारवाला निकायले चासो नदेखाएपछि विरोध गरेको केशरीले बताए । घरबाट कपडा लगाएर बजारमा काम विशेषले हिडदा जीव भरी हिलो पर्ने गरेको हुदा सकड निर्माण चाडो होस भन्ने उदेश्यले सांकेतिक विरोध गरिएको उनीहरुले बताएका छन ।
विरोध कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष वृजकिशोर साह, समाजसेवी अयोध्या प्रसाद साह, चियापसल गर्दै आएकी उमा भंण्डारी, फलफुल ब्यापारी फुलमति देवी पटेल, औषधी व्यवसायी नवल साह, सुमित साह, गौतम साह, होटल व्यवसायी कन्हैया पटेल लगायतकाले सडकमा धान रोपाई गरेका थिए ।
कलैया बजार, भित्री वाटोहरु समेत हिलाम्य भएपछि कलैयावासीहरुले निकै कष्टकर भोग्दै आईरहेका छन ।