कोल्हवी बजारमा टावर लाइट जडान, मेयर चौधरीले गरे उद्घाटन

साझेदारी दैनिक
488 पाठक संख्या

धिरेन्द्र पनुहर
कोल्हवी, १० असोज
बाराको कोल्हवी बजारमा टावर लाइट जडान गरिएको छ । टावर लाइट कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरीले सोमबार घटस्थापनाको दिन पारेर विधिवत रुपमा उद्घाटन गर्नुभएको छ ।
मेयर चौधरीले स्विच अन गरेर बतिको उदघाटन गर्नु भएको हो । उक्त कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष राजहरण चौधरी, वडा नम्बर ३ का अध्यक्ष किशुनदयाल चौधरी, वडा नं. ४ का वडा अध्यक्ष बिष्णु मैनाली बिभिन्न राजनीतिक दलका प्रतिनिधि ,ब्यापारी ,सुरक्षाकर्मी,पत्रकारहरुको उपस्थिति रहेको थियो।
सो टावर लाइटको बतिले कोल्हवी बजार झिलिमिली भएको छ । उक्त्त टावर लाइट दस लाखको लागतमा निर्माण भएको हो । आउदो दिनमा आवश्यकता अनुसार क्रमस नगरको विभिन्न वडामा अवस्थित हाट बजारमा टावर लाइट जडान गर्ने योजना रहेको मेयर रामप्रसाद चौधरीले बताए ।

Leave a review