राम मण्डल/
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मणलाल कर्णले दिपावली पछि साईकल छापको आँधी आउने बताएका छन ।
बुधबार वीरगञ्जमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले साईकलको आँधी आएपछि छाता नरहने दाबी समेत गरेका थिए । उनले पर्सामा करोडौको बजेट दिएको दाबी गरेका छन ।
वीरगञ्जमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफु साँसद हुदा क्षेत्र नम्बर ४ सहित पुरै पर्सा जिल्लामा करोडौको बजेट बिकासको लागि दिलाएको बताए ।
सतारुढ गठबन्धन बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेको कर्णले साँसद हुदा एउटा फोनको माध्यमबाट नै बिभिन्न मन्त्रालयबाट समेत बजेट ल्याएर जिल्लामा बिकाश गर्ने कार्यमा सहयोग पुरयाएको बताए ।
कर्णले करोडौको बजेट दिदा पनि आफुले अहिलेसम्म त्यसबाट कुनै पनि कमिशन नमागोको तथा नखाएको पनि दाबी गरेका थिए । उनले अहिले आफु क्षेत्र नमबर १ को उम्मेदवार भएपनि यहाँको बिकाश निर्माणको लागि नै यसपालि अन्तिम पटक चुनावमा उठन लागेको जिकिर गरे ।
नजिकिएको तिहारपछि क्षेत्र नम्बर १ मा आफनो चुनाव चिन्ह साईकल छापको मात्रै लहर आउने कुरामा आफु ढुक्क रहेको उनको भनाई थियो ।क्षेत्र नम्बर १ का आम मतदाता तथा गठबन्धनमा रहेका अन्य नेताहरुसित समेत साईकल छापमा मत मागि दिन आग्रह उनले गरे ।
साँसद हुदा बिभिन्न महत्वपुर्ण समितिको सँयोजकमा आफुले काम गरेकोले अहिलेसम्म पुरै देशभरिमा नै पर्सा जिल्लाको नाम माथि राख्ने कार्य गरेको कर्णको जिकिर थियो ।
कर्ण अगामी मँसिर ४ गते हुने प्रतिनिधी सभा निर्बाचनमा पर्सा क्षेत्र नम्बर १ बाट सतारुढ बाम लोकतान्कि गठबन्धनबाट उम्मेदवार छन ।उनी ०७४ सालको प्रतिनिधी निर्बाचनमा क्षेत्र नम्बर ४ बाट निर्बाचित भएका थिए ।
पर्सा क्षेत्र नम्बर १ मा कर्णसँगै एमाले जसपा गठबन्धनबाट निबर्तमान साँसद प्रदिप यादव र काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार अजय द्विबेदी चुनावी मैदानमा छन ।


