धिरेन्द्र पनुहर
कोल्हवी, २२ कार्तिक
बारा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदको नेपाली कांग्रेसका उम्मेदवार एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी र प्रदेशसभा सदस्य उम्मेदवार रमेश दंगाल, प्रदेससभा सदस्य समानुपातिक उम्मेदवार रबिन्द्र पनुहर, सुमिन्त्रादेवी चौधरीले घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन ।
सवै उम्मेदवारहरुले मंगलवार संयुक्त रुपमा आफ्ना कार्यकर्ता र समर्थकहरुको साथमा बारागढी गाउँपालिका अन्तरगतको सुन्दरपुर,श्रीपुरा,नया टोल,खोपवा, बिशुनपुर्वा, दौर्वा, बैरिया सिहासनि लगाएत टोलमा घरदैलो कार्यक्रम मंगलबार सम्पन्न गर्नु भएको छ।
घरदैलोका क्रममा रुख चिन्हमा आफ्नो अमुल्य भोट दिएर नेपाली कांग्रेसलाई सहित गठबन्धनलाई भारी मतले बिजयी गराउन सम्पुर्ण मतदाताहरुलाई मन्त्री चौधरीले आग्रह गर्नु भएको छ ।
फोटोः
मतदाताका घरदैलोमा पुग्दै खानेपानी मन्त्री चौधरी
Leave a review
Leave a review

