Sajhedari Daily
Latest News from Nepal

सरकारले सावधानी नअपनाउदा नेपालमा पनि कोरोना फैलिएको होः पुर्वप्रधानमन्त्री नेपाल

राम मण्डल /
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाईरस महामारीलाई नियन्त्रणमा सरकार चुकेको बताएका छन ।

बुधवार पर्साको वीरगंञ्जमा नव निर्मित नेपाल निजामती कर्मचारी संगठन पर्साको भवनको उद्घाटन गर्दै नेता नेपालले कोभिडको बारेमा सरकारले समयमै नसोचेर नियन्त्रणको प्रयास नगर्दा नेपालमा कोरोना भयावह अवस्थामा पुगेको बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले महामारीले कसैलाई पनि नचिन्ने गरेकोले सबै जनाले कोरोनाबाट बच्नको लागि सर्तकर्ता अपनाउनु पर्ने कुरामा जोड दिएका छन । नेपालले नेपालमा पनि कोभिडका बिरामी फेला परेपछि पहिलो पटक काठमाडौं उपत्यका छाडेर बाहिर आएको बताउदै ,वीरगञ्जसित आफनो बिशेष लगन र झुकाव रहेको पनि बताएका थिए ।

उनले ५३ बर्ष पहिले आफु पनि एउटा सरकारी कर्मचारी भएको स्मरण गर्दै वीरगञ्जबाटै एस एलसी र कलेज पढाई पनि ठाकुरराम क्याम्पसबाट पढेको जानकारी दिए । कोभिडको प्रकोप अहिले पनि बिश्व भरि बढिरहेको बताउदै नेपालले आम सर्ब साधारणहरुलाई मास्क अनिवार्य लगाउन,बेला बेलामा साबुन पानीले हात धुन आग्रह समेत गरेका छन।

नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरिको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा सांसद शेख चान्द तारा, पुस्पा कर्ण, नेकपा प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी, पर्सा जगरनाथपुर गाउँपालिका,ठोरी,पटेरवा सुगौली तथा पोखरिया नगरपालिकाका प्रमुख,पुर्ब निजामती कर्मचारी लगायतको सहभागीता रहेको थियोे ।

Comments are closed.