प्रतिबन्धित लागु औषध ट्रमाडोलसहित दुई जना प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
533 पाठक संख्या

कलैया : बारा प्रहरीले ठूलो परिमाणसहित प्रतिबन्धित लागु औषध ट्रमाडोल क्याप्सुल सहित दुई जनालाई मंगलबार नियन्त्रणमा लिएको छ।

प्रहरीले ट्रमाडोल हाइड्रोकोलोराइड क्याप्सुल २९ हजार छ सय ५० गोटा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बारा अनुसार प्रहरीले एक भारतीय नम्बरको कारलाई नियन्त्रणमा लिएको हो।

भारत, जिल्ला मोतिहारी, ग्राम अरेराज मलाही ११ मल्लाही बस्ने २३ वर्षीय चालक नितिशकुमार ठाकुर र गाडीमा सवार पर्साको वीरगंज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष २६ को सिद्वान्त प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ट नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा प्रहरीले जाँच गरेको हो। वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको बिआर ०५ बिए४८१७ नम्बरको भारतीय कारलाई रोकी जाँच गरेको हो।

उक्त कार पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई लगि रहेको प्रतिबन्धित लागु औषध बरामद गरेको हो। पक्राउ परेका व्यक्ति तथा कारलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a review