बाम–लोकतान्त्रिक गठबन्धन फेटामा चुनावीसभा सम्पन्न

साझेदारी दैनिक
619 पाठक संख्या

बाराको फेटा गाउँपालिकामा पर्ने फेटामा बाम–लोकतान्त्रिक गठबन्धनको बारा क्षेत्र नम्बर ४ को चुनावी सभा शुक्रवार भव्यताका साथ सम्पन्न भएको छ।

बाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको सो चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ को विकास सिंह दरवारको बजेटबाट मात्र सम्भव रहेको बताए ।

साँझा गठबन्धन चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य श्रेष्ठले आफु यस क्षेत्रको उम्मेदवार हुनु भन्दा पहिला ५० करोडको बजेटबाट विभिन्न योजनाहरु शिलान्यास गरेको अवगत गराएका थिए । आफुलाई पर्यटक उम्मेदवार भन्नेको मुखमा जोडदार तमाचा लागेको उनले बताए ।

३२ वटा वडा रहेको क्षेत्र नम्बर ४ मा जनता जनार्दनले चुनावी कार्यक्रम गर्न आतुर रहेको बेला आफुले समय दिन नसके पनि आफु निर्वाचित भए लग्तै टोल टोलमा पुगी विकासको लहर ल्याउने प्रतिनिधिसभा सदस्य श्रेष्ठले प्रतिवद्वता गरेका छन् ।

मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री रहेका जितेन्द्र सोनलले देशमै उत्कृष्ट विकासको नमुना पेश गरेको बताए । उनले क्षेत्र नम्बर ४ मा प्रदेशको बजेटबाट गरेको विकास प्रयाप्त नभएकोले अब उनको काधमा काध मिलाई सिंह दरबारको बजेटबाट यस क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्वता समेत गरेका थिए।

चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नम्वर ४ (ख) का सदस्य जितेन्द्र सोनलले पुर्व प्रधानमन्त्री केपी ओली मधेश विरोधी रहेको बताए । उनको तानाशाही शासनले सदन दुई चोटी विघटन भएको सोनलले बताए । अबको चुनावमा बैलेटबाट ओलीको औकात बताउने समय आएको उनले बताए ।

राजनितीमा अपराधिकरणले गर्ने दिन समाप्त भएको सोनलले बताए । राजनितीक हाम्रो पक्षमा रहेकोले सबै जनता जनार्दनसंग अनुरोध गरे गठबन्धनलाई भोट दिएर बहुमतले विजयी गराउन आग्रह गरेका छन् ।

सो सभालाई नेपाली काँग्रेसका सह महामन्त्री तथा पूर्व मन्त्री फरमुल्लाह अंसारी, नेपाली काँग्रेस बाराको प्रदेश निर्वाचन क्षेत्र नम्बर ४ (ख) को सभापतिमा लोकेश सिंह संविधान सभा सदस्य मधु शाही, संविधान सभा सदस्य डा. सुभाकर पराजुली, नेपाली काँग्रेस बारा छेत्र नं. ४का क्षेत्रिय सभापति सुनिल गुप्ता लगायतकोले सम्बोधन गरेका थिए।

सभामा क्षेत्र नम्बर ४ फेटा गाउपालिका वडा नम्बर २ मा बाम–लोकतान्त्रिक गठबन्धनमा आवद्व हजारौको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds