धिरेन्द्र पनुहर/
बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनालीले पनि आसन्न निर्वाचनमा आफ्नो जित निकाल्नका लागि चुनावी अभियायन तथा घरदैलोलाई तीब्र बनाएका छन ।
मैनाली संगै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ क का उम्मेदवार त्रिलोकी चौधरीले चुनावी घरदैलो गरेका छन ।
एमाले उम्मेदवार मैनाली र चौधरीले बिहीवार निजगढ नगरपालिका अन्तरगतका विभिन्न वाडाहरुमा र कोल्हवी नगरपालिकाहरुको विभिन्न वडाहरुमा शुक्रवार र शनिवार घरदैलो गरेका हुन ।
घरदैलो कार्यक्रममा एमालेका पुर्वमन्त्री समेत रहेका नेता पुरुषोत्तम पौडेललगायत सहित विभिन्न एमालेका नेता, कार्यकताहरुको सहभागिता रहेको थियो ।
यसस्तै यसअघि पनि सअघि प्रदेश सभा ख अन्तरगत पर्ने सिम्रौनगढ नगरपालिका, आदर्शकोतवाल र बारागढी गाउँपालिकामा समेत प्रतिनिधिसभा तर्फका एमाले उम्मेदवार मैनाली र प्रदेश सभातर्फ जसपाका उम्मेदवार सरोज यादवले संयुक्त रुपमा चुनावी घरदैलो गरेका थिए ।


