Sajhedari Daily
Latest News from Nepal

जसपाद्धारा रौतहको गुरुडामा पनि प्रर्दशन

रौशन चौधरी/
जनता समाजबादी पार्टीले रौतहटको गरुडामा पनि आईतवार संसद विघटन विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।
पार्टीको केन्द्रीय निणर्य अनुसार देशको ७७ वटै जिल्ला सहित रौतहटको गरुडामा पनी आईतवार प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा प्रर्दशन गरिएको हो ।

गत पुस ५ गते संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्धमा बिरोध जुलुस प्रदर्शन गरेका छन ।

विभिन्न नारावाजी सहित गरुडा पुुगेका हजारौं नेता तथा कार्यकर्ताहरु ओली र भण्डारी मुर्दावाद, ओली तेरो पाराले दुःख पायो जनता साराले, संसद विघटन निर्णय फिर्ताले लगायतका नाराहरुकोसाथ नारावाजी गर्दै ओलीको कदम असंबैधानिक, अलोकतान्त्रिक रहेको भन्दै प्रदर्शन गरेका हुन ।

बिरोध प्रदर्शन गरुडामा रहेको श्रीराम सुगर मिल्स देखि सुरु भई गरुडा बजारभरी परिक्रमा गर्दै मेथुर चौकमा आएर कोण सभामा भएको थियो ।

सो सभामा बोल्दै जनता समाजवादी पार्टीका नेता एवम् प्रदेश नम्बर २ को भुमि व्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रलाई नेकपा सरकारले समाप्त गर्ने षड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाए ।

उक्त कोणसभामा प्रदेश सभा सदस्य शेख अबुल कलाम(फुलबाबु),गौर नगरपालिकाका मेयर अजय गुप्ता, उपमेयर किरण कुमारी ठाकुर,गोनाही देवाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल,गरुडा नगरपालिकाका नगर प्रमुख ईनु राय यादव, युवा नेता अनिल यादव, नेता कन्थमणी जयस्वाल, जयनाथ यादव, युवा नेता राजकुमार दास तत्मा र कौशर खान मिथला लगायतकाले सम्बोधन गरेका थिए ।

Comments are closed.

error: Content is protected !!