स्वास्थ्य कार्यालय बाराले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् । स्वास्थ्य कार्यालय बाराको आयोजना र जेष्ठ नागरिक समाजको समन्वयमा जिल्ला भरीका ७० जना वृद्ध वृद्धाहरुलाई १ हजार नगद सहित कदर पत्र, ब्लाकेट, छाता, सेनिटाईजर, टर्च, माक्स, साबुन प्रदान गरेको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएको जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिहले समाजमा जेष्ठ नागरिकहरुलाई परिवारबाट हेला हुने गरेको हुदा सम्मान गर्नुपर्ने धारणा ब्यतm गरे । उनीहरुलाई अहिले पनि मायाको खाचो रहेको बताउदै सबैले सम्मान गर्नुपर्ने धरणा ब्यतm गरेका थिए ।
जेष्ठ नागरिक समाजको अध्यक्ष भरतवहादुर मल्लको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संचालन लक्षमी चौधरी, स्वागत मन्तब्य राघबेन्द्र कर्णले गर्नुभएको थियो । कार्यक्रममा अयोध्या प्रसाद, बिन्देशवरी बर्मा रतनलाल टेमानी लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।