Sajhedari Daily
Latest News from Nepal

पथलैयाबाट लागु औषध नाईट्राभेट सहित एक जना पक्राउँ

रञ्जन यादब/
प्रहरीले पथलैयाबाट लागुुऔषध नाईट्राभेट सहित एक जना मानिसलाई पक्राउँ गरेको छ । प्रहरी चौँकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट लागुुऔषधसहित एकजनालाई पक्राउँ गरिएको जनाएको छ ।

निजगढतर्फबाट हेटौडातर्फ जानको लागि आएको बा ३४ प ७२२५ नम्बरको मोटरसाईकलमा सवार ललितपुुर महानगरपालिका वडा नम्बर २५ बस्ने बर्ष २३ का सुुदेश खत्रीलाई पक्राउँ गरेको हो ।

पक्राउँ परेका खत्रीले आफनो साथमा बोकेको कालो रङ्गको ब्याग भित्र लुुकाईछिपाई ल्याएको लागुुऔषध नाईट्राभेट १० लेखेको ट्याब्लेट २० पिस पत्तामा ५ सय ७६ पिस ट्याब्लेट बरामद गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

लागुुऔषध शिर्षकमा पक्राउँ परेका खत्रीमाथि आवश्यक अनुुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन ।