Sajhedari Daily
Latest News from Nepal

माछा पालन किसानको अनुदान विचौलीयाबाट रोक

नेपाललाई माछामा आत्मनिरर्भर बनाउने उदेश्यका साथ नेपालमा माछा पालन खेती व्यवसाय बढाउने उदेश्य सहित नेपाल सरकारले पाँच वर्ष यता माछा पालनको लागि कृषकलाई विभिन्न अनुदान दिदै आएको छ ।

बारा जिल्ला पनि माछा पालन गर्न उपयूक्त जमिन माटो हावा पनि सुहाउदो छ । वर्ष ३ पटक सम्म पोखरीबाट माछा निकाली विक्री गर्न सकिने भएकोले अन्य कृषि खेती भन्दा माछा पालनमा किसानलाई राम्रो आम्दानी हुन्छ ।

जिल्लाको सिम्रौनगढ,बरियारपुर,रौवाही,प्रिपाढी,मधुवन,बोधवन र कोल्हवी लगायतका ठाउमा किसानहरुले माछा पाल्दै आईरहेको पनि छन । किसानहरुले पालेको माछा जातहरु विग्रेड,कमन,रोहु,नैनी,गरास,भकुरा जातका माछाहरु जिल्लाको माटो र हावापानीमा राम्रोसंग सप्रीने प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना अन्र्तगत माछा सुपरजोन कार्यालय बाराको दावी छ ।

जिल्लालाई माछामा आत्मनिर्भर बनाई देशका अन्य ठाउहरुमा निर्यात समेत भै रहेको माछा सुपरजोन कार्यालयको तथाङ्क रहेको छ । माछा सुपरजोन कार्यालयको अनुसार नेपालका शहरमा मागै नभएर छिमेकी देश भारतमा समेत यस जिल्लामा उत्पादीत माछा २५ प्रतिशत निर्यात समेत हुने गर्छ ।

प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना अन्र्तगत माछा सुपरजोन कार्यक्रम जिल्लामा लागु भै संचालन समेत भएको अवस्थामा केन्दीय सरकारले पोखरी खन्ने देखी माछाको भुरामा दिने अनुदान भने समग्र माछापालन किसानहरुले पाउन नसकेको गुनासो कृषकको रहेको छ ।

सरकारले दिने अनुदान केही टाठा वाठा व्यापारीले हात पर्दा वास्तवीक किसान भने अनुदानबाट वन्चीत छन । पुगेको मघुवन,बधुवनका माछा पालन किसान उखेसो गर्छन । माछा सुपरजोन कार्यालय देखी जिल्ला मत्स्य व्यवसायी संघको मिलोमतोमा कृषकलाई पाउने अनुदान र सुवीधाहरु केही माछा ठेकेदारहरुले हत्याउने गरेको दुखेको किसानहरुको रहेको छ ।

जिल्लाको हुल खेती योग्य जमिन मध्ये झण्डै एक हजार सात सय ६५ हेक्टर जमीनमा माछापाली किसानले जिल्लालाई माछामा आत्मनिर्भर बनाई छिमेकी देश भारतमा समेत निर्यात गरी राष्ट्रलाई वेपार घाटाबाट अलिकती भनेपने कम गरेको अवस्थामा केन्द्र सरकार र प्रदेश सरकारले वास्तवीक किसानलाई वेवस्था गर्दा भोली माछा पालन व्यवसायबाट अलग्गीन सक्छन त्यसैले समयमै किसानको नाउमा रहेको विचौलीयाको अन्त्य गरी माछा पालन किसानको समस्या प्रति सम्बन्धीत सरोकारवाला निकाय गम्भीर भई समयमै किसानको विचमा पुगोस ।

Comments are closed.

error: Content is protected !!