नेपाली शासकका कारण भारतीय हस्तक्षेपमा निरन्तरता

साझेदारी दैनिक
साझेदारी दैनिक 754 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

मुलुकमा जारी बन्दाबन्दी लम्बीदै छ । कोरोना भाईरस कोभिड–१९ को विश्वव्यापी माहामारी हुदै गर्दा विश्वका अधिकांस देशहरु लकडाउनमै छन् । जब जब विश्वमा माहामारी हुन्छ तब साम्राज्यवादी र विस्तारवादीहरुको गिद्धे दृष्टी आफूभन्दा कमजोर मुलुकमा पर्ने गर्दछ पछिल्लो पटक कोभिड–१९ को माहामारी विरुद्ध नेपाल पनि लडिरहेको यो अवस्थामा फेरी छिमेकी देश भारतले हाम्रो भुमी माथी कब्जा गरी एकतर्फी बाटो निर्माण गरी रहेको छ ।

दारचुला जिल्लाको ताब्दाघाट हुदै लिपुलेक देखी छिमेकी देश चिनको मानसरोवर जोडने सडक शुक्रवार भारतका विदेश मन्त्रीले उद्धघाटन गरेसंगै फेरी अर्को गम्भीर रुपमा राष्ट्रमाथि थिचोमिचो भएको हो ।भारतले दक्षिण सिमानाका पिल्लरहरु सार्दै नेपाली भुमी विगतदेखी नै अतिक्रमण गर्दै आएको ताजा उदाहरण हामी माझ छदैछ ।

फेरी नेपाली भुमी अतिक्रमण गरेर नेपालको पश्चिमी क्षेत्र दार्चुलामा एकलौटी यो कार्य गर्नु निन्दनीय छ । २०७२ सालमा नेपालमा ठूलै भुकम्प आयो ८ हजार भन्दा बढि नागरीकले भूकम्पका कारण ज्यान गुमाउनु प¥यो भने हजारौ घर भत्कीएको त्यस्तो संकटको बेला छिमेकी भारतले नेपालमा नाका बन्दीगरी अर्को पिडा थोपरेको हामीले भुलेका छैनौ । आज पनि विश्व व्यापी संकटको बेला भारतले अर्को पिडा थोपेरेको छ । भारतले हाम्रो भूमी मिची बनाएको बाटो पक्कै पनि एक दिनमा सम्पन्न गरेको होइन होला ।

महिनौ दिन देखी त्यहाँ बाटो बनाउने इक्युवमेन्ट देखी मान्छेहरु प्रयोग हुदा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई त्यो थाहा भएन ? त्यस जिल्लाका संघिय संसद र प्रदेश संसद के हेरेर बसेका थिए ? अनि गाउपालिका प्रमुखहरु वडाका प्रमुखहरु आफ्नो भूमी मिचीदा के हेरेर बसेका थिए ? आज जन जनले प्रश्न गरीरहेका छन् ।

सत्ता संचालक नेकपाका प्रम र अर्का अध्यक्ष प्रचण्डले निकालेको वक्तव्यमा पनि रुन्चे भाषामा भारतलाई आग्रह गरेको जस्ता शब्दले यी शासकहरुबाट नेपाली भूमी रक्षा हुने प्रति सबैले आशंका गरिरहेका छन र प्रत्येक नेपालीले भन्दैछन कब्जा गरेको सबै नेपाली भूमी विना सर्त छोठ्नु पर्छ र नेपालले पनि नेपालको सुगौली सन्धी यताको नेपालको नक्सा सार्वजनिक गर्न माग समेत गरेका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review