परिक्षण घटेसंगै संक्रमित पनि घट्दै

साझेदारी दैनिक
साझेदारी दैनिक 547 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

विश्वव्यापी माहामारीको रुपलिएको कोरोना भाईरस कोभिड–१९ ले नेपालमा संक्रमणको उच्च रुपलिदै संक्रमणको दर बढ्दैजादा हालसम्म भाईरसबाट संक्रमित हुनेको संख्या १७ हजार भन्दा बढी नाघिसकेको छ भने ९ हजारको हाराहारिमा निको भएर घरसमेत फर्केका छन। यसैबिच धेरै संक्रमित हुनेको संख्यामा प्रदेश दुई अगाडि रहेको छ । प्रदेश नं ५ र कर्णाली प्रदेशमा समेत अरु बाकी प्रदेश भन्दा संक्रमितको संख्या उच्चरहेको छ । २ नंम्बर प्रदेशमा संक्रमितको संङ्ख्या बढ्दै जादा बिहिबार मात्रै रौटहट जिल्लामा एक ३६ बर्षिया पुरुषको ज्यान गएको छ।

संघीय सरकार र प्रदेश सरकार मातहत रहेको पिसिआर परिक्षण केन्द्रहरुले प्ररिक्षण दर घटाउदै जादा हाल दैनिक रुपमा कोभिड–१९ को पोजेटिभ संक्रमण दर घटे जस्तो देखिएता पनि वास्तबिकता तेस्तो नभएको स्वस्थ्य बिज्ञहरुको आशंका रहेको छ । बिज्ञहरुका अनुसार सरकारले ठाउठाउमा गएर स्वाब संकलन गरि पिसिआर परिक्षण बढाउनु पर्नेमा क्वारेन्टाइनमा बसेकाहरुको समेत पिसिआर परिक्षण बिनै घर पठाई दिदा समुदायमा भाईरस संक्रमण फैलिने भन्दै त्यस्तो सरकारी कदम आत्मघाती हुने ठहर बिज्ञहरुको छ ।

मुलुकको राजधानी काठमाडौ उपत्यकामा कोरोना संक्रमण फैलिदै समुदाय स्तरमा पुगिसकेको आशंका भैईरहदा सरकारले परिक्षणको दायरा अझ बढाउनु पर्नेमा झन झन घटाउदै जानू र त्यसमा पनि विभिन्न स्वास्थ्य संस्थालाई परिक्षणमा अनुमती दिई शुल्क निर्धारण गर्नुले कोरोनाको लक्षण रहेकाहरु पनि अर्थ अभावका करण परिक्षण नगराउदा वा गराउन असमर्थ हुदा रोगले उग्र रुपमा फैलिने संभावना छ ।अर्कोतर्फ संक्रमित भई अस्पतालमा जादा परिक्षण गराउन आर्थिक अभावले नसक्दा बिमारी अन्तिम अवस्थामा जादा संम्म त्यसले समुदायमा संक्रमण फैलिई अर्को भयावह रुप नलिने भन्न सकिन्न अतह सरकारले गरेको यस्तो अब्यवहारिक निर्णय फिर्ता लिई सरकारी खर्चमा नै परिक्षण गर्ने सुबिधा सहित कोरोना परिक्षणको दायरा तीब्र रुपमा बढाउनु नै आवश्यक छ ।

समाचार शेयर गर्नुहोस
Leave a review