क्रर्कट सक्रान्ती, लुतो फाल्ने दिन र यसको महत्व

साझेदारी दैनिक
796 पाठक संख्या

आज २०७७ साल साउन १ गते साउने संक्रान्ती, आजबाट सुर्य मिथुन राशिलाई छोडेर कर्कट राशिमा प्रवेश गर्ने भएकोले आजको दिनलाई क्रर्कट संकरान्ती पनि भनेर चिनिन्छ। आजबाट गृष्म ऋतु असार महिना सकिएर वर्षा ऋतु पनि शुरु हुने यो महिना सनातन हिन्दुधर्मालब्बिहरुले यो अवधिभर बिवाह ,बर्तबन्ध,आठजाम आदि शुभ कार्यहरु गर्न नहुने शास्र्तिय मान्यता समेत रहेको छ। आजको दिन हिन्दूहरुले साउने संक्रान्तीसंगै कर्कट संक्रान्ती भनेर समेत चिन्दछन ।

वर्षा ऋतुको शुरुवातसंगै जताततै हिलो मैलो र फोहोर मैलाको संसर्गबाट सजिलै मुक्तिहोस,झाडा पखाला र यस्तै अन्य रोगले कोहि कसैलाई दुख नपरोस भन्नाका खातिर हिन्दु धर्मालम्बिहरुले आ आफ्ना घर घरमा साउने संक्रान्ती अर्थात आज लुतो फाल्ने चलन पनि रहि आएको छ। लुतो फाल्दा मसिना दाउराको कप्टेरा सल्काएर ए फलानो हाम्रो घरको लुतो लैजा है भनेर चारै दिसामा फाल्ने चलन पनि छ।यसरी लुतो फाले पछि विभिन्न फोहरको कारणले लाग्ने रोग लाग्दैन भन्ने मान्यता रहिआएको छ।लुतो फाल्नेमा पनि आ आफ्नै जन बिश्वास रहिआएको छ।कसैले यस दिन नदि किनारमा गइ शरिरमा लेसिलो पहेलो माटो दलेर नुहाउदा फोहरजन्री कारणबाट आउने घमौरा र चिलाउने रोग लाग्दैन भन्ने जन बिश्वास समेत रहि आएको छ।कसैले भान्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाउदा समेत लुतोबाट छुटकारा पाइने जनबिश्वास रहेको छ ।

आजबाट हिन्दुहरुले हरेक शिवालयमा गइ पुजा पाठ गर्ने र बिशेषगरी तराई मधेसमा बोलबम जाने प्रचलन समेत रहेको छ।हिन्दु महिलाले हरियो रंगको बस्त्र पहिरिइ हरियो रंगकै चुरा पोते र श्रङारको सामान लगाउदछन भने प्रत्येक सोमबार व्रत बसि शिवको पुजा आजा गर्नाले आफ्नो सन्तानको दिर्घ आयुको कामना हुने समेत जनबिश्वास रहिआएको छ।बारा,पर्सा र रौतहट जिल्लाका आसपासमा रहेका शिव मन्दिरहरुमा प्रत्येक सोमबार साउन महिनाभरी विशेष मेला समेत लाग्दछ।तर यस बर्ष कोरोनाको माहामारी रहेकोले भिडभाड नगरी सामाजिक दुरि कायेम राखी आफ्नो धर्म परम्पराको आस्था निभाउन समेत सरकारले आग्रह गरेको छ ।

Leave a review

This will close in 0 seconds