न्यायको माग

साझेदारी दैनिक
साझेदारी दैनिक 182 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बाराको सदरमुकाम कलैयामा अज्ञात समूहको गोली प्रहारबाट बाल एकता बोर्डिङ्ग स्कूल प्लस दुईका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या भयो । सो हत्यामा सहभागि भएको भन्दै बारा प्रहरीले १० जनालाई अनुसन्धानको लागि भनेर नियन्त्रणमा लियो । योजनाकार भन्दै एक महिला सहित पाँच जनालाई प्रहरीले पत्रकार सम्मेलनमार्पmत सार्वजनिक समेत ग¥यो । यस पछि प्रहरीले योजनाकार भनि आरोपित महिलालाई लिएर सम्बन्धको तथ्य प्रस्तुत ग¥यो । ति महिला सो विद्यालयको पूर्व कर्मचारी समेत रहेको र ती महिलालाई हालको दुई कर्मचारीले सहयोग गरेको भन्दै तथ्यलाई प्रहरीले स्थापित गर्न खोज्यो । पीडित परिवारले यो तथ्यप्रति अस्वीकार गरिदिएको छ । पीडित परिवारले मृतकको चरित्र हत्या प्रहरीले गरेको भन्दै असहमति समेत व्यक्त गरेको छ ।
यहाँका स्थानीय वासिन्दाहरुले यस घटनामा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यहाँस्थित रहेको भरत चौकमा नागरिकहरुले साँझ दीप प्रज्वलन गरेका छन् । उनीहरुले स्व. रुपेश स्वर्णकारको वास्तविक हत्यारालाई समाती कार्वाही तथा निर्दोष जामिल र रेयाजलाई यथाशीघ्र रिहा गर्न भन्दै मैनबत्ती बाली विरोध जनाएका हुन् । मौन रही उनीहरुले विरोध गरिरहेका हुन् । प्रहरीले थालेको अनुसन्धानको विरोधमा मृतकका परिवारजनबाट असन्तुष्टि बाहिर आएपछि कलैयाबासीहरुले प्रहरी कदमको विरोध स्वरुप मैनबत्ती बाली विरोध गरेका हुन् । कार्तिक १३ गते स्वर्णकारलाई गोली प्रहार गरी हत्या गरिएको थियो । मृतक स्वर्णकारको तस्वीरमा न्याय देउ लेखेको बैनर सहित मौन प्रदर्शन गरेका हुन् । घटनामा मुख्य अभियुक्त भनिएका व्यक्तिहरुलाई पक्राउ गर्नका लागि दवाव सृजना गर्न मैनबत्ती बाली प्रदर्शन गरिएको हो ।
यसैविच बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । प्रमुख जिल्ला अधिकारी सापकोटाले केही दिन अघि हत्या प्रकरणमा पत्रकारहरुसंग बोल्दै प्रहरीको अनुसन्धान नसकिदै बाराबासीलाई आचरण सुधार गर्नुपर्ने भनेका थिए । उनले ब्यक्तिगत कारण भएको भन्दै नागरिक माथि आँच आउने प्रकारले अभिव्यक्ति दिएका थिए । प्रमुख जिल्ला अधिकारीको उक्त अभिव्यक्तिको आम नागरिक देखि संचार माध्यममा भएको व्यापक आलोचना भएपछि सो विज्ञप्ति मार्पmत फिर्ता लिइएको हो । हत्या आपैmमा ठूलो घटना हो । यस घटनाको सत्यमा रही तथ्यपूर्ण अनुसन्धान गरिन आवश्यक रहेको छ । पीडित परिवारको साथै कलैयावासी न्यायको माग गरिरहेका हुन् । वास्तविक हत्यारा जो कोही पनि हुन सक्छ । अनुसन्धान प्रकृयामा सबैको सहयोग आवश्यक हुन्छ । प्रहरी आप्mनो भूमिकामा छ । उसले तथ्य र सत्य प्रमाणित हुने गरी हत्यारालाई पक्राउ गर्न सक्नुपर्छ । यस्को लागि विशेष तथा प्रमाणिक अनुसन्धानको लागि तथ्यहरुलाई संकलित गरी सत्यापित गर्नु बारा प्रहरीको लागि ठूलो चुनौती हो । पीडित परिवार न्यायबाट बञ्चित हुनु हुदैन । यस्को लागि जतिसुकै ठूलो चुनौती भएपनि प्रहरीले अनुसन्धान सफल पार्नैपर्छ । यही नै मृतकप्रति न्याय हुनेछ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review