जीतपुर मसानघाट सङघर्ष समितिले टेडा रोडमा रहेको सम्पुर्ण मसानघाटका सम्पुर्ण जग्गा काँडा तारहरु लगायर घेर्ने निर्णय गरेको छ ।
विहिवार बसेको सङघर्ष समितिको बैठकले यस्तो निर्णय गरेको संघर्ष समितिका संयोजक राजा गिरीले जानकारी दिनुभएको छ । करिब १२ कठ्ठा रहेको जग्गामा करिब ७ कठ्ठा जग्गा मुस्लिम समुदायको कब्र्रीस्तान र ५ कठ्ठा हिन्दु समुदायको मसानघाटको नाममा रहेको छ ।
मसानघाटको नाममा रहेको पाँच कठ्ठा जग्गामा करिब अडाई कठ्ठा जग्गा कब्रिस्तान र बाँकी बाटोको रुपमा प्रयोग भईरहेको मसानघाट संघर्ष समितिका संयोजक गिरीले बताए ।