रबिन्द्र प्रसाद साह /
बाराको पचरौतामा विहिवार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । हिन्दू परिषद नेपाल पचरौता पकडि़या कमिटीद्वारा प्रदर्शन सहित पुत्ला दहन गरेका हुन । भगवान श्रीरामको जन्म सम्बन्धमा प्रधानमन्त्री ओलिले दिएको बिवादित अभिब्यक्तिको विरोध जनाउदै परिषदले प्रम ओलीको पुत्ला दहन गरेका थिए ।
यसैगरी परिषद्ले सोही कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र चिनको राष्ट्रपति सीजीगङ्ग पीगंको समेत पुत्ला दहन गरेका छन । पाकिस्तानमा मन्दिर तोड़फोड़ र हिन्दू समाजको दिनहु भई रहेको हत्या हिंसा र चिनले अनावश्यक हस्तक्षेप गरेको विरोध गर्दै पुत्ला दहन गरेको हिन्दू परिषद नेपाल पकडि़या कमिटीले जानकारी गराएको छ।
उक्त प्रदर्शनमा सहभागीहरुले ओली, खान र पींग विरुद्ध विभिन्न विभिन्न नारा सहित अपशव्दको प्रयोग गर्दै जुलुस निकालेका थिए। उनिहरुले गाँउको बाहिर ती तीनै जनाको पुत्लामा आगो लगाई त्यसलाई लाठिले पिट्ने समेत गरेका थिए ।