“शिक्षकको शोषण”

साझेदारी दैनिक
साझेदारी दैनिक 665 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
-रबिन्द्र प्रसाद साह 
यस्तै पढाउँदा पढाउँदै मनमा विचार आयो।
सवैभन्दा बढि शोषित वर्ग शिक्षक नै पायो।।
शिक्षण पेशामा इज्जत छ सवै भन्ने गर्छन।
तर वास्तवमा भन्ने हो भने बेइज्जती कम छैन।।
 
सवैभन्दा बढि शोषण निजि विद्यालयहरुले गर्छन।
वौद्धिक शोषणको सिकार शिक्षकहरु भएका छन।।
शिक्षकलाई दिनभरी नै काममा पेलेर लगाइन्छ।
तै पनि एक दमै न्युन ज्याला र सुविधा मात्र पाइन्छ।।
 
गुरु त्रिदेव हुन भन्ने कुरा भनाइमा मात्र सिमित भयो।
शिक्षकको अधिकार शिक्षा माफियाबाट कुण्ठित भयो।।
लाचार शिक्षकको कुरा सुनि दिने छैन्न कोहि।
सम्पन्न छन त्यहि मात्र गर्छन चापलुसी जोहि।।
 
शिक्षकहरु पनि कहाँ छन सवैजना इमान्दार ।
सरकारी विद्यालयमा तलब पकाउँछन इयार।।
इमान्दारिता सिकाउने व्यक्ति नै बेइमान छ।
यस्तो व्यक्तिको कहाँ हाम्रो समाजमा मान छ।।
 
तर सवैलाई एउटै नजरले कृप्या हेर्ने नगरौँ।
असल शिक्षकको पहिचान आजैबाट गरौँ।।
शिक्षकको पनि दु:ख , कष्ट र पिडा बुझौँ।
शिक्षा लिउँ तर शिक्षकको शोषण नगरौँ
समाचार शेयर गर्नुहोस
Leave a review