नेपाललाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्नु जरुरी छ ‐ उपराष्ट्रपति पुन

साझेदारी दैनिक
776 पाठक संख्या

सुभाष कुमार मिश्र/
नेपाललाई धार्मिक पर्यटन गन्तब्यको रुपमा विकास गर्नु जरुरी रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताउनु भएको छ ।

रौतहट जिल्लाको मौलापुर नगरपालिका‐५,पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञको शुक्रबार उपराष्ट्रपति पुनले उद्घाटन सत्रमा बोल्दै

हुजातिय,बहुभाषिक,बहुसांस्कृतिक तथा बहुधार्मिक प्राकृतिक मुलुक हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृति नै विश्व जगतमा नेपालको चिनारी हुन् उनले बताए ।

उनले मौलापुरस्थित पतौरा महादेव मन्दिरमा पूजा अर्चना गर्नुका साथै पुरातात्त्विक संग्रहालय र विवाह भवनको उद्घाटन समेत गरेका हुन ।

पर्यटन प्रवर्द्धनमा यस क्षेत्रले ठुलो महत्त्वपूर्ण भुमिका खेलेको उनले बताए । यहाँ बनेका भौतिक संरचनाहरु हेर्दा निकै खुशी र गर्भ महसुस भएको छ। मधेश प्रदेशमै नमुना पालिकाको रूपमा रहेको मौलापुर नगरपालिकाले विकास पुर्वाधार निर्माण कार्यमा महत्त्वपूर्ण भुमिका नगरप्रमुख रिना साहकी रहेको उनलाई बधाई समेत दिएका हुन् ।

मौलापुरस्थित पुरातात्त्विक महादेव मन्दिर देशको उत्कृष्ट गन्तव्य मध्ये एक हो। यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पृथ्व एवं मौलिक रहेको बताउदै महत्त्वपूर्ण गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार तथा प्रवर्द्धन गर्नु साथै बिश्वासम्पदाको सुचिमा समाबेश गराउने यहाँहरुको प्रयासलाई उनले प्रशंसा एवं सराहना गरेका हुन्

यस पुरातात्त्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचीमा समाबेश गराउने यहाँहरुको कार्यमा आवस्यक कुटनितिक तथा अन्य पहलका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

पुर्वमन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पतौराको महादेव मन्दिरको ठूलो धार्मिक इतिहास रहेको बताउँदै पर्यटन प्रवद्र्धनको माध्यमले मौलापुर नगरपालिकालाई विकसित र समृद्ध बनाउन नगरपालिकाले प्रत्येक वर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको बताएका छन् ।

अध्यक्ष साहले भने, ‘नेपालको धेरै सम्पदा विश्व सम्पदामा समावेश छ तर तराई मधेको एउटा पनि सम्पदा विश्व सम्पदामा समावेश छैन’ । के तराई मधेशको सम्पदा विश्वको लायक होइन, यदि हो भने तराई मधेशका सम्पदाहरु किन विश्व सम्पदामा समावेश छैन भन्दै उनले प्रश्न गरे ।

जनकपुरको जानकी मन्दिर, गढिमाई मन्दिर, बारा सिम्रौनगढका ठुलो इतिहास बोकेको सम्पदा सहित रौतहटको शिवनगर स्थितको महादेव मन्दिर, मौलापुर पतौराको हजारौ वर्ष पुरानो कर्नाटकालीन पुरातात्वीक महादेव मन्दिर जस्ता इतिहासिक सम्पदाहरु विश्व सम्पदा सूचिमा समावेश हुनुपर्ने साहले धारणा राखे ।

विश्व सम्पदा सुचिमा मधेशको पनि भागिदारी हुनुपर्ने बताउँदै साहले देशको सबभन्दा गौरवशाली ठाउँ तराई मधेशको सम्पदाहरु विश्व सम्पदामा नपर्नु दुखद रहेको बताए ।

रौतहटका क्षेत्र नं ३ का सांसद समेत रहेका आजपा अध्यक्ष साहले तराई मधेशका सम्पदाहरुलाई विश्व सम्पदामा समावेश गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले तराईका सम्पदाहरुलाई विश्व सम्पदामा समावेश गराउनेमा आफु विश्वस्त रहेको उनले बताए ।

महोत्सवलाई सम्बोधन गर्दै रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । उनले पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा पु¥याउन आफू निरन्तर प्रयत्नरत रहेको बताइन् ।

त्यस्तै, फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवम् संगीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानीसहित अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ । यसका साथै फागुन ५ देखि लगातार तीन दिन बेलुका शिवलिला प्रदर्शन समेत गरिनेछ ।

 

Leave a review

This will close in 0 seconds