-रमण घिमिरे
गरिबको झुपडीमा शान्तिको दियो बाल,
श्रमिकको दुःखलाई सधैं बुझ्ने कोशीस गर ।
पीडितलाई पीडा होइन सुन्दर जीवन दिने गर,
आफुलाइ भन्दा पनि नेपाललाई माया गर ।
शान्तिको प्रतीक झुपडीलाई बुझ्ने गर,
आफ्नो निम्ति होइन देशको निम्ति लड्ने गर ।
आफ्नुलाई भन्दापनि राष्ट्रलाई माया गर,
रगतको मूल्य कति झुपडीलाई सोध्ने गर ।
एकताको सन्देश नै सुन्दरता हो बुझ्ने गर ।
नमेटिने रातो रगत सहिद को हो ! भन्ने गर,
कहाँ पाइन्छ मेसिन खोजी नयाँ नक्सा कोर,
गुम्यो भने स्वर्ण युग जान्छ धेरै पर ।
कोरोना को नाम बेची किन गर्छौं खिचातानी ?
भाबी आउने पुस्तालाई धोका नदेउ जानी-जानी,
आकाश निभ्दा छिमेकिले उज्यालो पार्छु भन्छ
हाम्रो भने घरभित्र राके जुलुस बाल्छु भन्छ ।
धैर्यता र सहनसिलता भए मात्रै पुग्छ,
कित्ताबन्दी अन्त्य गर नबिनता आउँछ ।
झगडा र रिसले जङ्गे पिलर गुम्छ,
देश बाँचे हाम्रोपनि शान छुट्टै बन्छ ।